News Portal

अटोरिक्सा चालकले भेटाएको २० हजार पाँच सय रुपैया फिर्ता गरे

उदयपुर । उदयपुरका एक अटोरिक्सा चलाउँदै आएका एक युवाले आफुले भेटाएको २० हजार ५१० रुपैयासहित दुई जनाको नागरिकता ट्राफिक प्रहरीको रोहबारमा फिर्ता गरेका छन् । त्रियुगा नगरपालिका ७ स्थित कालीखोला निबासी स.१ ह २७१३ नम्बरका अटोरिक्सा चालक बमबहादुर मगरले त्रियुगा नपा ८ शाही खोलाकी प्रतिमा कार्की (ढोली) नेपालीको बाटोमा भेटाएको २० हजार ५१० रुपैया जलजले ट्राफिक प्रहरी इन्चार्ज गोविन्द पौडेलको रोहबारमा सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हुन् ।

बुधबार दउँसो शाही खोलाबाट छिमेकी लद्युवित्त संस्था गाईघाटको किस्ता तिर्न भनि हिडेकी प्रतिमाले पैसा भएको व्याग बाटैमा झारेकी थिईन् । उनले तारा हिङ्माङ, सरिता नेपाली र आफ्नो गरी २० हजार ५१० रुपैया र आफनो र श्रीमानको नागरिकता बाटोमै झारेकी थिईन् ।अटोरिक्सा चालक राजाबासबाट जलजले आउने क्रममा शाही खोलाको मुखमा फेला पारेको व्यागमा नागरिकता तत्कालै ट्राफिक प्रहरी पोष्ट जलजलेलाई खबर गरेका थिए । जलजलेका ट्राफिक प्रहरीले तत्कालै उक्त नागरिकता भएको व्यक्तिको खोजीमा त्रियुगा नगरपालिका ८ का वडा अध्यक्षमार्फत सम्बन्धित व्यक्तिलाई खबर गरेका थिए ।

हस्तान्तर गर्दै चालक मगरले सबैलाई पेशाप्रति इमान्दार बन्न आग्रह गरेका थिए । “सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले अनुभव गरेको छु । भेटाएँ भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।” उनले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गरे । यसैबीच आफ्नो नगद रु २० हजार ५१० र नागरिकता अटोरिक्सा चालक मगरले जस्ताको त्यस्तै फिर्ता गरेको प्रतिमाले चालकलाई धन्यवाद दिँदै सवै चालक पेशाप्रति इमान्दार बन्न आग्रह समेत गरेकी थिईन् ।

Leave A Reply

Your email address will not be published.