News Portal

बसुन्धरा सुन्दरमार्गमा रहेको अध्यक्ष गुरुङको घरमा शुक्रबार राति ८ बजे बम विस्फोट

काठमाडौं । वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। उक्त विस्फोटमा परी ५ जना घाईते भएका छन्।
हिजो शुक्रबार राति ८ बजे बसुन्धरा सुन्दरमार्गमा रहेको अध्यक्ष गुरुङको घरमा बम विस्फोट पछि घरमा आगलागी भएको थियो।

आगलागीबाट पार्किङ गरेर राखेको टोयटाको फर्चुनर कार जलेर पूर्ण ध्वस्त भएको छ भने घाइतेहरुको चिरायु अस्पताल उपचार भइरेको छ। विस्फोट हुँदा लागेको आगो प्रहरीको सहायतामा दलकलले निभाएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। क्षतिको विवरण आउन बाँकी छ।

उक्त घटनामा परी काठमाडौँ महानगरपालिका–३, का शैलेन्द्र खड्का, मिलन बस्नेत, ममता गौतम र दिवाकर गुरुङ घाइते भएका हुन् । अर्का एक जनाको नाम खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.