News Portal

३२९ जना यात्रु बोकेर टर्कीबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल जादै गरेको टर्कीस एयरको जहाज आकाशमै दुर्घटना

वासिङ्टन डिसी, अमेरिका । टर्कीबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल आउँदै गरेको टर्कीस एयरको जहाज आकाशमै दुर्घटनामा परेको छ। दुर्घटनामा परी २९ यात्रु घाइते भएका छन्।

उक्त विमान विमानस्थलमा अवतरण हुनासाथ दर्जन बढी एम्बुलेन्स र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल लगेको त्याहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। अहिले घाईतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

टर्कीस एयरलाइन्सको बोइंग ७७७ को विमानमा २१ कर्मचारीहरु सहित ३२९ जना सवार थिए। आकाशमा उडिरहेको जहाज एक्कासी (टर्बुलेन्स) हावामा तल खस्दा यात्रुहरु घाइते भएका हुन्।

फायर डिपार्टमेन्ट अफ न्युयोर्कले भने ३२ जना यात्रुहरु घाइते भएको जनाएको छ। घाईतेहरुमा नेपालीहरु परेको हुनसक्ने आशंका गरिएपनि यसबारे कुनै जानकारी प्राप्त हुनसकेको छैन।

Leave A Reply

Your email address will not be published.