News Portal

अभिनेत्री तथा निर्मात्री रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ हिजो युट्युबमा रिलिज

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ हिजो युट्युबमा रिलिज भएको छ ।चलचित्र शुक्रबार हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत रिलिज भएको हो ।

चलचित्रमा रेखा थापा, आयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, कमल देवकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

आयुव केसीको कथा रहेको यस चलचित्रमा कामेश्वर चौरासियाको संवाद रहेको छ । चलचित्रलाई सुवास कोइराला निर्देशिन गरेका हुन् र कृषा चौलागाँईले निर्माण गरेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेल र प्रदिप बास्कोटाको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको छ। चलचित्रमा एक्सन सिन भने द्वन्द निर्देशक सानु कुमार महर्जनको रहेको छ।

हेर्नुहोस् पुरा चलचित्र…

Leave A Reply

Your email address will not be published.