News Portal

रोजगारीको लागि कोरिया गएका एक नेपाली युवाको निधन

कोरिया । रोजगारीको लागि कोरिया गएका एक नेपाली युवाको निधन भएको छ । कोरियाको हासाङ्गस्थित एक मोटर पार्टस कम्पनीमा कार्यरत उदयपुरका भुपाल राईको शनिबार बेलुका हृदयघातका कारण ज्यान गएको हो।

शनिबार बेलुका साथिहरुसँगै खाना खाने क्रममा एक्कासी ढलेपछी उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याईसके पश्चात् लगत्तै अस्पताल श्रोतले मृत घोषणा गरेको कोरियास्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिएका छन्।

मृतक राईका नेपालमा श्रीमती र २ जना छोराछोरी छन् । अहिले उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको बृस्तित कारण खुल्ने भएतापनि घटनाको प्रकृति तथा प्रत्यक्षदर्शीका अनुसार हृदयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।

Leave A Reply

Your email address will not be published.