News Portal

झापाको पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा यौन धन्दा यसरी मौलाउँदैछ

खगेन्द्र घिमिरे
झापा । झापाको पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा यौन धन्दा हुने गरेको रहस्य खुलेको छ। खुल्ला सीमानासँग जोडिएको काँकरभिट्टाका होटलहरु रातका समयमा यौन धन्दाको लागि कोठा भाडामा लाग्ने गरेको भेटिएको हो।आईतबार प्रहरीले सो क्षेत्रका दुई होटलबाट ४ जोडी युवा युवतीलाई पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिशेष सूचनाको पाएसँगै मेचीनगर ६ को आर्दश होटलमा छापा मारेको थियो।

सो होटलबाट आपत्तिजनक अवस्थामा ३ जोडीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी महेश थापाले जानकारी दिए। होटल सञ्चालक निर्मला मगरसहित प्रहरीले ३ जोडीलाई नियन्त्रणमा लिएको उनले बताए।त्यस्तै झापाली होटलबाट एक जोडीलाई नियन्त्रणमा लिएको छ। होटलबाट पक्राउ परेकाहरुको रुपमा अस्थाई साधन समेत भेटिएको थियो। भने उनीहरु कोठा भित्र रहेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका अधिकांश मेचीनगर क्षेत्रकै रहेका छन्। उनीहरु घण्टे भाडा भन्दै कोहीँ बस्न आएका त कोहीँ महिनौंदेखि बस्दै आएका थिए। यस बिषयमा थप अनुसन्धान गरि कारवाही अघि बढाईने डिएसपी थापाले जानकारी दिए।पछिल्लो समय पूर्वी नाकाका होटलहरुमा अवैध रुपमा यौन धन्दा मौलाउदै गरेको सर्वसाधारणको भनाई रहेको छ।

कानून फितलो भएकोले सामाजिक अपराध ऐन अन्र्तगत मुद्वा चलाए पनि धरौटीमा छोडिने गरेको छ। प्रहरीका अनुसार विशेष गरेर होटलमा आउने ग्राहकको युवतीसँग न उमेर मिल्छ, न जोडी मिल्छ, न भाषा, न रुपरंग श्रीमान श्रीमती, गर्लफ्रेण्ड आदी भनेर फुत्किन खोज्ने भारत तथा नेपालका युवायुवती प्रशस्त भेटिइने गरेको छ।केही समययता झापाको दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, सुरुङगा जस्ता सहरका होटलबाट प्रहरीले बाक्लै रुपमा जोडीहरु नियन्त्रणमा लिइरहेको छ। आपसी समझदारीमा यसरी होटलमा यौन आनन्दमा रमाउने कर्म नैतिक हो कि अनैतिक यो अलग्गै बहसको विषय हुनसक्छ।

नेपाली बजारमा देह कारोबार पनि मौलाएको छ। तर, केही समययता झापाको काँकरभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड, चन्द्रगढी, भद्रपुर, सुरुङ्गा र दमकसहित केहि ठाउँमा खुलेआम यौन धन्दा फस्टाउँदै आएको छ।प्रहरीले ति होटलहरुमा निगरानी गर्न चाँसो नदिएको जनगुनासो व्यापक बढ्न थालेको छ। प्रहरी र होटलवालाहरुको मिलेमतो छ की भन्ने शंका पनि स्थानीयले गर्न थालेका छन्।

Leave A Reply

Your email address will not be published.