News Portal

शो चलिरहेका बेला अरबाज खानको कुरा सुनेपछि रुन थालिन् सनी लियोनी

मुम्बइ। अरबाज खान आफ्नो नयाँ शो ‘पिन्च विद अरबाज खान’का कारण अहिले चर्चामा छन् । केही दिनअघि यो शोको प्रोमो रिलिज भएको थियो । यो शोमा अरबाजले सेलिब्रेटीसँग उनहिरुबारे सामाजिक संजालमा कमेन्ट गरिएका प्रश्नहरु सोधिरहेका छन् । हालै अरबाजले आफ्नो नयाँ शोको बारेमा मिडियासँग कुराकानी गरे । यो कुराकानीमा उनले आफ्नो शोका विषयमा धेरै खुलासा गरेका छन् ।

अरबाजले भने ‘हामी सबै सामाजिक संजालबाट दुखी छौं । यो शोको फम्र्याट नै यही हो कि जब कुनै स्टारको बारेमा सामाजिक संजालमा भद्दा कमेन्ट र प्रश्न गरिन्छ त्यसले स्टारलाई कस्तो लाग्छ ?’ अरबाजले यस क्रममा सनी लियोनीसँगको एपिसोडको बारेमा पनि कुरा गरे । अरबाजले भने ‘हामीले सनीसँग पनि सामाजिक संजालमा पोस्ट भएका प्रश्न सोध्यौं । यीमध्ये एउटा प्रश्न यति भद्दा थियो कि प्रश्न सुन्नासाथ उनी शोको बीचमै रुन थालिन् ।’

अरबाजले अगाडि भने ‘त्यो प्रश्न मैले बनाउको थिइन । यो प्रश्न एउटा सार्वजनिक सामाजिक संजालमा थियो यस्तोमा के गर्न सकिन्छ ? यसअघि पनि कैयौं स्टार यस्ता प्रश्नबाट पीडित भएका छन् । मरो कोसिस यही रहेको छ कि मेरा प्रश्नले कसैलाई धेरै समस्या नपारोस् । म चाहन्न कि यसले कसैको व्यक्तिगत वा व्यवसायिक जीवनमा असर परोस् । अरबाजका अनुसार सामाजिक संजाल प्रयोगका विषयमा केही नियम बन्नुपर्छ ताकि मानिसहरु सामाजिक संजालमा अभद्र टिप्पणी गर्न सावधान रहुन् ।

Leave A Reply

Your email address will not be published.