News Portal

आज हिमालयन शेर्पा र हङकङ नेप्लीज भिड्दै

इलाम । इलाममा सुरु भएकाे अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे दास्राे खेलमा आज हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकेडेमी भिड्दै छ ।पूर्वी नेपालको प्रतिष्ठित माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको थियाे । प्रतियोगिताकाे पलाे खेलमा आयोजक माइभ्याली र दार्जिलिङ युनाईटेड क्लबबीच भएकाे थियाे । उक्त खेलमा १-० को संघर्षपूर्ण जित निकाल्दै दार्जीलिङले विजयी सुरुआत गरेको थियाे ।

यस संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहे‍काे छ । यसपटक दाउफिन्स क्लब क्यामरुन, नेप्लिज फुटबल एकाडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाण्डौ, थ्रीस्टार क्लब ललितपुर, दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फुटबल क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल आउँदाे चैत ५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कार भएको प्रतियोगिता हो ।

Leave A Reply

Your email address will not be published.