News Portal

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघीय आयोग”सीएसडब्ल्यु”को ६३ औँ बैठकमा सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औँ बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेकोछ। राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकमा
राष्ट्रपति भण्डारीले महिलाको स्थिति सम्बन्धमा सम्बोधन गर्ने बताइएको छ ।

अमेरिका भ्रमणमा रहनुभएकी राष्ट्रपतिले भण्डारीले ‘महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छ’ भन्ने विषयमा हुने उच्चस्तरीय राउण्ड टेबल कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै राष्ट्रपतिसँग राष्ट्रसंघको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम समेत रहेको छ ।

मंगलबार साँझ स्टोनियाका राष्ट्रपति क्रोयसियाका राष्ट्रपति र ट्रिनिनिडाडा एण्ड टोबाकोका राष्ट्रपतिसँग पनि भेटवार्ता गरेर राष्ट्रपति भण्डारी चैत १ गते स्वदेश फिता आउनुहुने बताइएको छ ।अमेरिकामा राष्ट्रपति भण्डारीलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की, राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईढकाललगायतले स्वागत गरेका थिए।

Leave A Reply

Your email address will not be published.