News Portal

सीके राउतलाई प्रदेश सरकारले दियो चेतावनी

काठमाडौँ । विखन्डनको राजनीति परित्याग गरेका सीके राउत समर्थकले आइतबार जनकपुरमा देखाएको हर्कतलाई प्रदेश २ सरकारले गम्भीरतापूर्वक लिएको जनाएको छ।उनीहरुका गतिविधिलाई गैरकानुनी भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले फेरि त्यस्तो हर्कत दोहोर्‌याए सह्य नहुने चेतावनी दिए।

‘राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन,’ मन्त्री यादवले सोमबार भने, ‘कानुनको दुबै पक्षले अक्षरशः पालना गर्नुपर्छ। सहमति तोडेर प्रदर्शनमा उत्रिनु गलत हो।’

राउतको मूलधारको राजनीतिमा प्रवेश संघीयता संस्थागतका लागि सराहनीय कदम रहेको भन्दै मन्त्री यादवले जनकपुरमा राउतको स्वागतमा गरिएको प्रदर्शन, लगाइएका नारा र बोकिएका झन्डा गैरकानुनी रहेको बताए।

‘सहमति भंग नहोस् भनेर हामीले पहिलो पटक छुट दिएका हौं,’ मन्त्री यादवले भने, ‘अब त्यस्तो भूल गरे प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुनेछ’ उनले दण्डहीनता रोक्न प्रदेश सरकार अग्रसर रहेको समेत बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.