News Portal

लोकप्रिय सिरियल‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाए

काठमाडौं । नेपाल पाण्डे समाजले लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाएको छ।

भद्रगोलका निर्देशक तथा कालकार पाँडे अर्थात अर्जुन घिमिरेले पाँडे पात्रबाट कसैको मन नदुखाएको बताएका छन्। उनले पाँडे एक पात्र मात्र भएकोले पाण्डे समुदायप्रति लक्षित नभएको बताएका छन्। ‘पाँडे पात्र बिगत सात वर्षदेखि बिभिन्न तरिकाले दर्शक माझ आइरहेको छ।

‘हाम्रो मनशाय मनोरञ्जन दिने हो, कसैको मन दुखाउने होइन’ अर्जुनले भने। ‘हिजोको दिनमा अन्य सिरियलमा पनि खड्का जी, हरिबहादुर, मदन बहादुर जस्ता चर्चित पात्र थिए, आज पाँडे आयो, यसमा कुनै आपत्ति जनाउनुपर्ने छ जस्तो लाग्दैन’ अर्जुनले थपे। 

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भद्रगोल’मा पाँडेले समाजमा नपच्ने खालका काम गर्ने गरेको देखाइदै आएको छ। भद्रगोल अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन गर्दै आएका छन्।भिडियो हेर्नुहोस:

Leave A Reply

Your email address will not be published.