News Portal

मल्टीस्टारर बलिउड चलचित्र ‘कलंक’को टिजर सार्वजनिक

मुम्बई। मल्टीस्टारर बलिउड चलचित्र ‘कलंक’को टिजर सार्वजनिक भएको छ। आलिया भट्ट र वरुण धवनको जोडीलाई प्रस्तुत गरिएको यो चलचित्रको टिजर मङ्गलबार रिलिज गरिएको हो।

अभिषेक वर्मनले निर्देशन गरेको चलचित्रमा माधुरी दीक्षित, सोनाक्षी सिंह, आदित्य कपुर, संजय दत्त लगायतको पनि मुख्य भूमिकामा देखिँदैछन्। फिल्ममा  वरुण धवन जफरको रोलमा देखिनेछन् ।

यो फिल्म १७ अप्रिलमा रिलिज हुँदैछ। यसको बजेट ८० करोड बताइएको छ। चलचित्रलाई करण जोहर, साजिद नाडियडवाला, हिरू यश जोहर र अपूर्व मेहताले संयुक्त रुपमा निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.