News Portal

दिनहुँको धुलो र धुँवाले आजित चन्द्रागिरिका स्थानीयहरुद्वारा सडक अवरुद्ध

काठमाडौं । दिनहुँको धुलो र धुँवाले आजित चन्द्रागिरि नगरपालिकाका स्थानियहरु त्यसको विरोध गर्दै सडकमा उत्रिएका छन् ।

कलंकी नागढुंगा सडक खण्ड लामो समयदेखि निर्माण भइ नसक्दा स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै चन्द्रागिरिका स्थानीयहरुले आज पनि सडक नै अवरुद्ध पार्दै विरोध प्रर्दशन गरेका छन् ।

हिजो पनि दुई घण्टाका लागि चन्द्रागिरिका स्थानीयहरुले सडक ठप्प गरेका थिए जसका कारण यातायतातमा असर पुगेका थियो । त्यस्तै आज पनि चन्द्रागिरिका स्थानीयहरुले विभिन्न ठाउँहरुमा विरोध प्रर्दशन गरेका छन् जुन सामाजिक अभियान्ता उत्तम कार्कीको फेसबुक लाइभ पेजमा लाइभ हालेका छन् ।

सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहरु आक्रोशित भई सडकमा ड्रम, वोतल र ढुङगा राखेरै सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो ।

Leave A Reply

Your email address will not be published.