News Portal

(राजपा) ले आजदेखि संसद चल्न नदिने

न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गर्ने

फागुन २९ काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले आजदेखि संसद चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) लेअघिल्लो साता मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

न्यायाधीस गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गर्न लागेको हो । मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो ।

तर, लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा कैलाली–१ बाट निर्वाचित सांसद रेशमलाल चौधरी थुनामा रहनु परेको निष्कर्ष निकाल्दै राजपा संसद अवरोध गर्ने निर्णयमा पुगेको हो ।

‘न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक नगरी प्रहरी प्रतिवेदनको आधारमा सांसद चौधरीलाई फसाउने काम गरिएको छ’ राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भन्छन्, ‘त्यो प्रतिवेदन सार्वजनिक गर्न हामी दबाब दिनेछौं ।’

प्रतिनिधि सभाको बैठक आज दिउसो १२ बजे बस्दैछ । बैठक शुरु हुनासाथ राजपाका सांसदहरुले बेल घेराउ गर्ने तयारीमा छन् । जेलमा रहेका सांसद चौधरीसहित राजपाले प्रतिनिधि सभामा १७ सिटमा विजय हासिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.