News Portal

एक हजार २ सय ४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस

फाल्गुण २९काठमाडाैं | राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २ सय ४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका साढे चार सय सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा उनीहरुलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८ सय ९७ र तोकिएको पोशाक नलगाउने ३ सय ४३ कर्मचारी कारवाहीमा परेका हुन् । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

केन्द्रले नियमित सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ५२ जिल्लाका कार्यालयमा अनुगमन गर्दा दुई हजार ३ सय ७७ कर्मचारी कारवाहीमा परेका थिए । रासस

Leave A Reply

Your email address will not be published.