News Portal

पोखरा र बुटवलको कालिका चोकमा बम फेला आर्मी द्वारा डिफुज

पोखराको सभागृह चोक र बुटवलको कालिका चोकमा शंकास्पद वस्तु फेला परेको छ ।पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंकामा नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको छ।

सो वस्तु फेला परेको स्थान आसपास सिर्जनाचोक र पृथ्वीचोकमा आवतजावतमा रोक लगाइएको छ ।यसैगरी बुटवलस्थित राजमार्गको कालिकाचोक खण्डमा पनि शंकास्पद वस्तु भेटिएको र डिस्पोजल टोली त्यहाँ आइपुगेको छ ।नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको बुटवलमा उक्त बस्तु बम भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनास्थलमा प्रहरीले सुरक्षा दिइरहेको बुटवलस्थित हाम्रा संवाददाता कृष्ण पाण्डेयले जनाएका छन् ।बुटवल बेलहिया सडकखण्डको बुटवल उपमाहानगर पालिका वडा नं ११ स्थीत कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथी उक्त बस्तु फेला परेको हो ।दुवै स्थानका शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.