News Portal

दिपशिखाको प्रेमलिलाको दोश्रो ट्रेलर, चैतमा प्रदर्शन हुने (ट्रेलर सहित)

काठमाडौ । नायिका दिपशिखा खड्काले निर्माण गरेको चलचित्र प्रेमलिलाको दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक दोश्रो ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । करिब एक महिना अघी सार्बजनिक गरिएको भन्दा छोटो बनाएर ट्रेलर प्रस्तुत गरिएको हो । चलचित्रमा अभिनेत्री तथा निर्मात्री दिपशिखा खड्का हुन भने अलि खान र मौसम खड्का पनि मुख्य भूमिकामा रहेका छन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्का कै कथा तथा लेखन रहेको चलचित्र लाई नानीमैया कार्की र फैजि फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । यो चलचित्र फागुन १० गते रिलिज गर्ने तयारी गरिएको भएता पनि विविध कारणले सार्नु परेको नायिका खड्काले बताउदै आएकी छिन ।
हेर्नुहोस ट्रेलर यस्तो छ :
https://youtu.be/MrHBEVU25hA

Leave A Reply

Your email address will not be published.