News Portal

दाँत पहेँलो भएर हैरान हुनुहुन्छ ? अब चिन्ता नलिनुहोस्

काठमाडौँ । हाम्रो व्यक्तित्वमा असर पार्ने एउटा दाँत पनि हो । दाँत सेतो छ भने हाँस्दा पनि निकै राम्रो देखिन्छ । अनुहार सुन्दर छ तर दाँत पहेँलो छ भने ती व्यक्ति जतिसुकै सुन्दर भए पनि उनको सुन्दरता चन्द्रमा दाग लागे जस्तै हो । कहिले काही यी पहेँलो दाँतका कारण हामीले अरुको अगाडी लजिज्जत हुनुपर्ने अवस्था सृजना हुन्छ । धेरै व्यक्तिहरु जति दाँत ब्रस गरेपनी पहेँलो नजाने समस्याबाट हैरान छन् ।

उनीहरु आफ्नो दाँत सेतो र सुन्दर बनाउँन धेरै उपायहरु पनी अपनाई रहेका हुन्छन् तर ती उपायहरुले धेरैलाई काम गरिरहेको हुँदैन तर केही यस्ता घरेलु उपायहरु तल बताईको छ जसको कारणबाट तपाईले यी समस्याबाट राहत प्राप्त गर्न सक्नु हुनेछ ।

नुन र तेल
गाउँघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ । नुनमा २ र ४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेँलोपना हटेर जान्छ ।

तुलसीको पात
तुलसीमा दाँतको पहेंलोपन हटाउने एक अदभूत शक्ति रहेको छ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपना हटेर चमक बनाउँछ ।

कागती
कागतीको रसले पनि दाँतलाई चम्किलो बनाउँछ । कागतीको जति रस छ, त्यति नै मात्रामा पानी मिसाउनुहोस् । खाना खाइसकेपछि यहि कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेँलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि समाधान हुन्छ ।

गाँजर
खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहेँलोपना हट्छ । गाँजरमा रहेको रेसाहरुले दाँतलाइ राम्रोसँग सफा गर्न मद्त गर्दछ ।

नीमको पात
नीमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति हुन्छ । दिनहुँ नीमको काठ वा निमको सानो हाँगाले दाँत सफा गर्ने हो भने दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेँलो भएको भए पनि हट्छ ।

सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन ‘सी’ र ‘क्याल्सियम’ कारण दाँत चम्किलो हुन्छ ।

Leave A Reply

Your email address will not be published.