News Portal

दिनेशलाई पुर्व प्रधानमन्त्री माधव नेपाल, ऋषि धमला र जितु नेपाल (मुन्द्रे) ले शुभकामना दिए, तेस्रो विश्व रेकर्डको लागी ।

दिनेशलाई पुर्व प्रधानमन्त्री माधव नेपाल, ऋषि धमला, जितु नेपाल (मु न्द्रे) ले शुभकामना दिए।

काथमाडै ।पार्कर खेललाई नेपालमा स्थापित गराउन लागिपरेका पार्कर खेलाडी सुनारले तेस्रो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखानउे भएका छन् । पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा नाम लेखाउने भएका हुन् ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन मार्फत उनले ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ प्रदर्शन गरेका छन् । उनले यस विधामा ३० सेकेन्डमा ११ पटक वालमा ब्याक फ्लिप्स गरे । यस अघि पनि पार्कर दिनेशले दुई पटक गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

कार्यक्रमका प्रमुख अथिति पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाललाई चिनाउन आफ्नो प्रतिभा देखाउने र विश्वमाझ विभिन्न विधाबाट एक पछि अर्को गर्दै प्रतिभा देखाउने क्रम बढिरहेको बताए । उनले आविष्कार र प्रतिभाको क्षेत्रबाट देशको नाम विश्वमा नै चिनाउने प्रतिभावान नेपालीप्रति गर्व रहेको बताए । नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।
डि आर एन ओभर्सिज प्रा.लि.को प्रयोजन र नेपाल पार्कर एन्ड फ्री रनिङ्ग एशोसियशनको आयोजनामा भएको उक्त कार्यक्रममा डान्स नेपाल डान्स कि पहिलो विजेता ११ बर्षिय योगिश खत्रीको दमडार प्रस्तुति सङ्गै जितु नेपाल मुन्द्रे,ऋषि धमलाले देशको नाम राखेकोमा शुभकामना ब्यक्त गरे। साथै नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिका, अस्मिता जुरेली,मुआ थाई खेलका बेस्ट प्लेयर अफ द यियर गुणराज रुचाल स्टार आर्ट्का तेज पङ्गेनी लगायत समाजमा विभिन्न क्षेत्रमा योगदान दिनुभएको ब्यक्तिहरुलाई सम्मान पनि गरिएको जानकारी आयोजक कमिटीका ब्यबस्थापक र कार्यक्रम संयोजक आईते तामाङ्गले दिए ।
भिडियो सहित :

Leave A Reply

Your email address will not be published.