News Portal

बंगलादेशी क्रिकेट टोली जोगिए गोलीकाण्डबाट, गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या ४९, २० भन्दा बढी घाइते

चैत १ काठमाडौं। शुक्रबार क्राइस्ट चर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । हमलामा परी २० जना भन्दा बढी घाइते भएका छन् ।बन्दुकधारीहरूले क्राइस्ट चर्च शहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन् ।

प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ’कालो दिन’ भएको बताएकी छन् । यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन् । आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो ।’ न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चार जना पक्राउ परे पनि खतरा भने टरेको भन्न सकिने अवस्था छैन ।

हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन जानकारी दिएका छन् । उनले यो हमलाकारीहरूलाई ‘अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन् ‘हामी माझ खराब मान्छेहरू सधैं रहिरहन्छन् र उनीहरू यस्ता हमला जहिले पनि गर्न सक्छन् भन्ने यो घटनाले देखाएको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्रीले मोरिसनले भनेका छन् ।

सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ । शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन् ।

बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो । मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए । मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो । पछि उनीहरू बसबाट झरेर भागेका थिए । त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भएका थिए । प्रहरीले यो हमला सुनियोजित भएको भन्दै आजका दिन मस्जिद नजान अपील गरेको छ ।

त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ ।क्राइस्ट चर्चका मेयर लियानेर डेलजिएलले घटनाबारे बोल्दै भनेका छन्, ‘स्कुलमा भएका बच्चाहरू सुरक्षित छन् । कृपया सबै जना शान्त रहनुहोला । यस्तो अवस्थामा शान्त रहेर आफ्ना परिवार र साथीहरूसँग कुरा गर्न जरूरी हुन्छ। यो भयानक घटना हो । हामी सबै मिलेर यो समस्यासँग जुध्नुपर्छ ।’ एजेन्सी

Leave A Reply

Your email address will not be published.