News Portal

नेपाल आइडल रविको जन्मदिनमा गायक राजेशदेखि महानायक राजेश हमालस(भिडियो सहित)

काठमाडौँ । नेपाल आइडल सिजन २ रवि ओडले आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । देशकै चर्चित रियालिटी शो को विजेता बनेका रविले देशकै दिग्गज नायक राजेश हमाल र गायक राजेश पायल राई, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालगायतसँग आफ्नो जन्मदिन मनाएका हुन् ।

रविले पहिलो पटक यसरी ठूला कलाकारसँगै बसेर आफ्नो जन्मदिन मनाएका हुन् । गीत गाएर सबैको मन जितिरहेका रविका देश विदेशका शुभचिन्तकले पनि उनको जन्मदिनमा सामाजिक सञ्जालहरूमार्फत शुभकामना व्यक्त गरेका छन् ।

उनलाई जन्मदिनको शुभकामना दिन नायक राजेश देखि गायक राजेश सम्मका अग्रज कलाकारहरूकोउपस्थिति रहेको यस भिडियोमा पनि देख्नसकिन्छ । नायक राजेश हमालले उनलाई जन्मदिनको धेरै धेरै शुभकामना साथ साथै माया प्रकट गरेका छन् ।हेर्नुस् रवि ओडको जन्मदिनको निकै रमाइलो माहोल यो भिडियोमा…

Leave A Reply

Your email address will not be published.