News Portal

नेकपा कार्यकर्ता तथा नेताहरुको टार्गेटमा पत्रकार रवी लामिछाने

वेवारिसे लास बनाईदिने धम्कि

काठमाडौं, ३ चैत्र । यति बेला नेकपा कार्यकर्ता तथा नेताहरुको टार्गेटमा परेका छन् चर्चित टेलिभिजन पत्रकार रवी लामिछाने। उनले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध टेलिभिजन कार्यक्रममा बोलेको भन्दै पूर्व माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् । आफ्नो नेता प्रचण्डको बारेमा रविले कडा अभिव्यक्ति दिएपछी उनि निशाना बनेका हुन् ।यसै बीच पूर्वमाओवादी निकट युवा संगठन वाईसिएल नेपालका कार्यकर्ताले लामिछानेको ज्यान लिने सम्मको धम्की दिएको पाइएको छ । वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् । धम्की दिने क्रममा उनले सरकारको अनुसन्धान माथि पनि खिल्ली उडाएका छन । उनि लेख्छन :‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है ।’

Leave A Reply

Your email address will not be published.