News Portal

यात्रु भर्न रोकेको माइक्रो दुर्घटना: १० घाइते, दुईको अवस्था गम्भीर

चैत ४ डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ गयलखेतमा माइक्रोबस दुर्घटना भएको छ। । डोटीको दिपायलबाट कैलाली धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रो बस केआइसिं राजमार्ग अन्तरगत गुयलखेतमा दुर्घटना भएको हो ।यात्रु भर्न रोकेको माइक्रो सडकबाट ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन् , घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुई जनालाई भने मेडिकल कलेज कोहलपुर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.