News Portal

राजपाका सांसदहले सोमबारको बैठक पनि अवरुद्ध पारे

पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग

चैत ४ काठमाडौं। पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । राजपाका सांसदहले सोमबारको बैठक पनि अवरुद्ध पारेका छन । राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक पनि प्रभावित भएको थियो ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिलकुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । पटक पटक सभामुखले आशन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.