News Portal

सीके राउतको अध्यक्षतामा ‘जनमत पार्टी’ दर्ता गरिंदै,राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति निर्वाचित

चैत ४ काठमाडौं । सिरहाको लहानमा सोमबार सकिएको राष्ट्रिय परिषद वैठकले सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन गर्दै ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सीके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।

बैठकले सरकारसँग भएको ११ बुंदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । मुलधारको राजनीतिमा आउने सहमतिका साथ मधेस झरेका सीके राउतको अवको राजनीति कस्तो बाटोबाट अगाडि बढ्छ भन्ने कुरा सबैको चासोको विषय बनिरहेको छ ।

Leave A Reply

Your email address will not be published.