News Portal

काठमाडौँ आउंदै गरेको बस त्रिशूली नदीमा खसेर बेपत्ता

ताजा अबस्था यस्तो छ

चैत ५ काठमाडौँ: सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा आइपुग्दा त्रिशुली नदीमा शनिबार बिहान खसेर दूर्घटनामा परेको छ। गजुरी प्रहरीका अनुसार बस त्रिशुली नदीमा डुबेको छ । दुर्घटना स्थलबाट १३ जना घाइतेलाई उद्धार गरिएको तर बसमा कति जना थिए भन्ने एकिन भएको छैन गजुरी प्रहरीले भनेको छ । घटना बिहान करिव ६ बजेको हो । बस नम्बर पनि खुलेको छैन। घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ । उद्धारका लागि घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् ।
राससबाट थप मलेखु: राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पु¥याएका छन् । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो । गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन । प्रहरीले गाडीको नंसमेत नखुलेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.