News Portal

नेपालले श्रीलंकाको सामना गर्दै, नेपालको योजना नै आक्रामक खेल

घरेलु मैदान र समर्थकको साथ रहेको नेपाल श्रीलंकाभन्दा बलियो

चैत ६ विराटनगर । पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल बुधबार विराटनगरको सहिद रंगशालमा हुँदै छ । आयोजक नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपालसमक्ष घरेलु मैदान र समर्थकको साथ रहनेछ । समूह एको विजेताका रूपमा नेपालले समूह बीको उपविजेता श्रीलंकालाई प्रतिद्वन्द्वी पाएको हो ।

प्रतियोगितामा नेपालले समूह चरणमा २ खेल खेल्यो । नेपालले पहिलो खेलमै भुटानलाई ३–० ले हरायो । दोस्रो खेलमा साबिक विजेता बंगलादेशविरुद्धको खेल प्रतिस्पर्धात्मक भए पनि नेपालले ३–० कै नतिजा निकाल्यो । यता, श्रीलंका भने कमजोर टोली भए पनि अन्तिम चारमा पुग्न सफल भयो । श्रीलंका भारतसँग ५ गोलले पराजित भएको थियो । श्रीलंकाले माल्दिभ्सलाई मात्र समूह चरणमा पराजित
गरेको थियो ।

श्रीलंकालाई खेलमा हाबी हुन नदिन नेपालको योजना नै आक्रामक खेल हुनेछ । श्रीलंकाको कमजोर डिफेन्स चिर्न स्ट्राइकर सावित्रा भण्डारीमाथि ठूलो जिम्मेवारी थपिएको छ । निरु थापा, मन्जुला कुमारी, हिराकुमारी भुजेल, अनिता बस्नेत र अनिता नगरकोटीजस्ता खेलाडी रहेको नेपाल श्रीलंकाभन्दा बलियो नै छ । समूह बीमा रहेको श्रीलंका माल्दिम्सलाई हराएर उपविजेता बन्न सफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.