News Portal

विप्लव समूहको गतिविधिमा देशभर सुरक्षाकर्मीको निगरानी

सर्च अभियानको क्रममा विप्लव समूहका चार कमाण्डर पक्राउ

 चैत ६  काठमाडौं। काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका चार कमाण्डर पक्राउ गरिएको प्रहरीले जनाएको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा मंगलबार बेलुका विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार कमाण्डर पक्राउ परेको प्रहरीले जनाएको छ । तर, पक्राउ परेका उनीहरुको नाम गोप्य राखिएको छ |पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतको दावी छ । पक्राउ परेका उनीहरु घाइते नरहेको जनाउँदै उनीहरुलाई काठमाडौं ल्याई सकिएको स्रोतले जानकारी दिएको छ ।

मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो गोली हानाहान भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा विप्लव समूहले हतियार बनाइरहेको सूचनाका आधारमा परिचालित भएको थियो ।उनीहरुलाई पछ्याउने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ । काभ्रे घटना र पक्राउ परेका कार्यकर्ताबारे विप्लव समूहबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

गएको फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीं पक्राउ गर्ने नीति लिएको छ ।प्रतिवन्ध लागेयता काभ्रे घटनाअघि विप्लव समूहका १७ जना नेता–कार्यकर्ता पक्राउ परिसकेको प्रहरीले जनाएको छ । अहिले देशभर विप्लव समूहको गतिविधिमा सुरक्षाकर्मीले निगरानी बढाएको छ । यस्तै कालिकोटमा विप्लवलाई खोज्नका लागि नेपाली सेना गाउँ पसेको छ ।

Leave A Reply

Your email address will not be published.