News Portal

अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर, विश्वका उच्च नेताको श्रेणीमा प्रचण्ड

चैत्र ०८ काठमाडौं । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ ।

उच्च नेताको श्रेणीमा राख्दै अध्यक्ष दाहाल अमेरिका निस्किएलगत्तै अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगायत अन्तर्रा्ष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ ।

अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ । काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन । अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।

अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरेका थिए । श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका पुगेका प्रचण्ड जोन हकिङ्स अस्पतालमा रहेको बताउँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानून अनुसार र अमेरिकाले पक्राउ गर्न माग गरेका थिए। तर अमेरीकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गर्दै उनी माथि सम्मान व्यक्त गरेको हो ।

नेपालटकबाट

Leave A Reply

Your email address will not be published.