News Portal

लाेकप्रिय कलाकार सरिता लामेछाने कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

चैत ९ काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा वरिष्ठ कलाकार सरिता लामेछानेले उम्मेदवारीको घोषणा गरेकी छिन् ।यही चैत २३ गते हुने नेपाल चलचित्र कलाकार सघंको निर्वाचनका लागि लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।

 उनले उक्त कुराको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गरेकी हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै, आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । साथै उनले सहयोगको अपिल समेत गरेकी छिन् । यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हाली सकेकी लामिछाने विसं. २०५५ सल्लादेखि निरन्तर कलाकारिता क्षेत्रमा आवद्ध छिन् ।

 चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय शुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायतका टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनले चलचित्र क्षेत्रमा समेत अभियन गरेकी छिन् । उनले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.