News Portal

चितवन हुँदै कुद्ने भयाे पुर्व–पश्चिम रेल, तीन खर्बको लगानीमा रेलमार्ग बन्दै

चैत्र ९ काठमाडौँ । सरकारले चितवन हुँदै जाने पुर्व–पश्चिम विद्युतीय रेलमार्गलाई सार्वजनिक निजी साझेदारी मोडलमा बनाउन सक्नेगरी परियोजना तयार पारेको छ ।

चैत १५ र १६ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनलाई लक्षित लगानी बोर्डले विद्युतीय रेलमार्गलाई सोकेस गरेको हो ।रेलमार्ग निर्माणका लागि एकल वा संयुक्त लगानी (जोईन्ट भेन्चर) मा जान सकिने बोर्डले जनाएको छ । यसका लागि २० अप्रिलसम्म प्रस्ताव पेस गरिसक्नुपर्ने छ। प्रस्ताव उपयुक्त भएमा बोर्डले मे ३१ सम्ममा निर्णय दिइसक्ने छ । रेलमार्गअन्तर्गत ३३४ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । सबैभन्दा लामो सप्तकोशी ११.७१ मिटर छ ।

त्यसैगरी १० फरक फरक ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने हुन्छ। यसको लम्बाइ २६.७ किलोमिटर हुने छ। सबैभन्दा लामो १७.७४२ किलोमिटरको हुनेछ । प्रस्ताव हाल्ने कम्पनीको अनुभव पनि निर्धारण गरिएको छ।

कम्तीमा १० वर्ष काम गरेको, सय किलोमिटर रेलमार्गको विकास गरेको र व्यस्थापनका साथै सञ्चालन गरेको हुनुपर्ने प्रावधान राखिएको छ । कम्पनीको नेटवर्थ एक विलियन अमेरिकी डलर ९करिव १ खर्ब १० अर्ब रुपैयाँ बराबर हुनु पर्नेछ।

९५४.२४४ किलोमिटर लम्वाईको रेलमार्गले मेचीदेखि महकालीसम्मका करिब २४ जिल्लालाई समेट्छ । रेलमार्गको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिरहेको छ । यसको लागत करिब ३ खर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सरकारले विद्युतीय रेलमार्ग निर्माणपछि आर्थिक पुर्वाधार तयार हुने, कनेक्टिभिटी बढ्ने, रोजगारीका अवसरहरु बृद्धि हुने, औद्योगिक प्रतिस्पर्धा बढ्ने अपेक्षा गरेको छ। रेलमार्ग बनेपछि चितवनमा आर्थिक क्रियाकलापहरु अझै बढ्दै जाने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.