News Portal

विश्व च्याम्पियनसिप १६औं मुआथाईमा स्वर्ण र कास्य पदक विजेता सम्मानित ।

विश्व च्याम्पियनसिप १६औं मुआथाईमा स्वर्ण र कास्य पदक विजेता सम्मानित ।

काठमाडौं । विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरु शनिबार नगदसहित सम्मानित भएका छन् ।
थाईल्याण्डमा सम्पन्न १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक जित्न सफल दुई खेलाडीलाई नेपाल राष्ट्रिय मुवाँथाई संघले नगदसहित सम्मान गरेको हो । 
च्याम्पियनसिपमा महिला क्याडेट ३० केजीमा पलिस्था कक्षपतिले स्वर्ण जितेकी थिईन् । यस्तै पुरुष ५७ केजीमा राहुल श्रेष्ठले कांस्य जितेका थिए ।
संघले स्वर्ण विजेता पलिस्थालाई नगद १५ हजार र सम्मान पत्रले सम्मान गरेको हो । यस्तै कास्य विजेता राहुललाई संघले नगद १० हजारले सम्मान गरेको हो ।
पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट,संघका उपाध्यक्ष उमेश खड्काले नगद प्रदान गर्दै सम्मानित गरे ।

Leave A Reply

Your email address will not be published.