News Portal

युग माया कार्कीः आज एसईईको परीक्षा दिने सबैभन्दा बृद्ध,उहाँ हामी सबैको हौसला हो

चैत १० काठमाडौं । आज देखि नेपालमा एसईई परीक्षा सुरु हुन गइरहेको छ । देशै भरि चार लाख भन्दा धेरै विद्यार्थीहरुको भविष्यसँग जोडिएको यो परीक्षा विशेष हुने धेरैको बुझाई रहेको छ । कतिपयले ग्रेडिङ प्रणाली आएपछि परीक्षामा उचित मुल्याङकन हुन नसकेको भन्दै प्रश्न उठाउँदैं आएका छन् ।

यो बीचमा विभिन्न उमेर समुहका व्यक्तिहरुले परीक्षामा भाग लिन गइरहेका छन् । जस्तै अभिनेत्री करिष्मा मानन्धर,सांसद शान्ता चौधरी लगायत , काठमाडौं सुबिधानगरकी ६७ बर्षकी युग माया कार्कीले पनि परीक्षाको तयारी जोतोडका साथ गर्नुभएको छ ।

उहाँलाई परीक्षामा अवश्य सफल हुन्छु भन्ने आत्मविश्वास रहेको छ । उहाँ लगायत भोलीका दिनमा परिक्षा दिन जाने सबैंलाई हाम्रो हार्दिक बधाई तथा अग्रिम सफलताको शुभकामना व्यक्त गर्न चाहान्छौं ।

Leave A Reply

Your email address will not be published.