News Portal

चर्चित अभिनेत्री करिष्मा मानन्धरले दिइन एसईई परीक्षा

यसरी पुगिन् परीक्षा दिन

चैत्र १० काठमाडौं । चर्चित अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् ।परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् ।

 

 

परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् । करिष्माले भट्टराईकै प्रेरणाले आफूले अध्ययनको योजना बनाएको बताउँदै आएकी छिन् ।

Leave A Reply

Your email address will not be published.