News Portal

ठूलो परिमाणमा लागूऔषधसहित कारोवारी पक्राउ

चैत्र १२ सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ आर्मी क्याम्प अगाडीबाट प्रहरीले सोमवार लागूऔषध कारोवारमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोवारमा संलग्न रहेको भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध सहित मोरङ बवियाविर्ता-६ घर भई हाल ईटहरी उप-महानगरपालिका-२ मा डेरा गरी बस्ने वर्ष ३१ को जितेन्द्र राजवंशीलाई पक्राउ गरेको हो ।

राती ८ बजे राजवंशीको कोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध नाइट्रोसन ट्याब्लेट १ हजार ८ सय चक्की, Tricare – ५ हजार ८ सय ५३ क्याप्सुल, स्वासपेन-८ सय ५० ट्याब्लेट, स्पास्मोप्रोक्सिभोन ट्याब्लेट-५ सय ८५ क्याप्सुल र CTZ-७४ ट्याव्लेट बरामद गरेको हो ।

बरामद लागूऔषध सहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.