News Portal

सुवास के.सी को मन छुने गीत “आमा” सार्वजनिक (भिडियाे सहित)

विगत लामो समय देखि नेपाली गीत संगीतमा योगदान दिइरहेका गायक तथा संगीतकार सुवास के.सी. को आवाजमा “आमा” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुवास के.सी.को स्वर,शब्द तथा संगीत रहेको छ।

नेपाली समाजको यथार्थ चित्रण गरीएको यस भिडियोमा आमाको माया,ममता,त्याग र आमा छोराको सम्वन्धलाई देखाईएको छ ।उक्त भिडियाेमा मधु न्यौपाने,कीशु गुरुङ,नवराज पाण्डे र जित तामाङ्गका साथै बालकलाकार ड्रिम दुलालको अभिनय रहेको छ ।

विभिन्न रमणीय क्षेत्रमा छायांकन गरिएको भियिको छायांकन अर्जुन सापकोटाले गरेका हुन भने र्डोन मा राम यादवले साथ दिएका छन,अनिल कुमार महर्जनको सम्पादन र रामजी राउतको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो एकदमै राम्रो बनेको र दर्शकहरुले मनपराउने निर्माण पक्षको दाबी रहेको छ । यो म्युजिक भिडियो हाईलाईटस नेपाल युटुब च्यानलबाट बजारमा सार्वजनिक भएको छ। हेर्नुहोस भिडियोः

Leave A Reply

Your email address will not be published.