News Portal

पुर्ब बाट विप्लवका मोरङ जिल्ला इन्चार्ज र जनमुक्ती सेनाका पूर्व व्रिगेड भिसी पक्राउ

पक्राउ परेकाको अवस्था अज्ञात

चैत्र १३ माेरङ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठलाई प्रहरीले आज विहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ गरेको छ ।

उदयपुर घर भएका श्रेष्ठलाई पक्राउ गरे पनि प्रहरीले आधिकारिक रुपमा पुष्टि गरेको छैन । उनी काठमाडौंको मिर्मिरे एफएमका सञ्चालक समेत हुन् । विप्लव नेतृत्वको नेकपाले श्रेष्ठलाई असेजदेखि मोरङ इन्चार्जकाे जिम्मेवारी दिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले इन्चार्ज श्रेष्ठलाई पक्राउ नगरिएकाे दावी गर्नु भयौ । उहाँले विप्लवका कोही कसैलाई पनि पक्राउ नगरिएकौ दावी गरे । पक्राउ गरेर श्रेष्ठलाई प्रहरीलै कहाँ राखेको छ भन्ने कुरा पनि खुलाइएको छैन ।

त्यस्तै प्रहरीले इटहरीको हलगडाबाट हिजो साँझ पूर्व जनमुक्ती सैनोेका विग्रेड भिसी सूर्य खड्कालाई पनि पक्राउ गरैको छ । परिवारका सदस्यसँग बसिरहेका बेला पक्राउ गरिएका खड्कको अवस्था अज्ञात छ । संखुवासभा घर भएका खड्का विप्लव नेत्रृत्वको नेकपाका पूर्व सुनसरी सदस्य हुन् । उनलै दोस्रो संविधान सभा निर्वाचनमा पूर्व माऔवादी नेता वर्षमान पुनका विरुद्धमा घेषणा नै गरेर मौरङ क्षैत्र नम्बर १ बाट उम्मैदवारी पनि दिएका थिए ।

त्यतिबेला निर्वाचन बहिस्कारमा रहेको नेकपाले पार्टीकौ नीति विपरित उम्मेदवारी दिएको भन्दै खड्कालाई कारवाही गरेर जिम्मेवारी विहीन बनाएको थियो । त्यसपछि उनी राजनीतिबाट निस्किृय बनेको र आफ्नो पार्टीमा नरहेको नेकपाले जनाएको छ । प्रहरीले पछिल्लो समयमा विप्लवका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरै पनि अवस्था सार्वजनिक गर्नै गरैके छैन ।

प्रहरीले व्यक्ति पक्राउ गरेर अवस्था अज्ञात राख्नु र पक्राउ परेकालाई सार्वजनिक नगर्नै गरेपछि प्रहरीके काम कारवाहीको विरोध हुन थालेको छ । पक्राउ गरेर आफ्नै हिरासतमा राखिए पनि पक्राउ नगरिएको स्पष्टिकरण प्रहरीका अधिकारीले दिने गरेका छन् । प्रहरीको यस्तो संकास्पद काम कारवाहीको चौतर्फी विरौध हुन थालेको छ ।

Leave A Reply

Your email address will not be published.