News Portal

प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको नेपाल राष्ट्रिय विकास परिषदमा गीता अधिकारी मनोनित

चैत्र १४ दमक। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल राष्ट्रिय विकास परिषद नेपालको देशभरबाट २५ जना ब्याक्ति नियुक्तिको क्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी पनि परेकीछन् ।

देशभरका केहि नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाँउपालिकाका अध्यक्ष वा उपाध्यक्षहरु सहित बिभिन्न राष्ट्रिय सघसंगठनबाट यसमा मनोनित हुने गरेको पाईएको छ ।

काठमण्डौ महानगरका मेयर बिद्यासुन्दर शाक्य, भरतपुर महानगरकी मेयर रेणु दाहाल, बिराटनगर महानगरका मेयर भीम पराजुली, बीरगन्ज महानगरका मेयर बिजय सरावगी लगायतसंगै दमक नगरपालिकाकी उपमेयर अधिकारी पनि परिषदमा मनोनित भएकीहुन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत जिसस महासंघ अध्यक्ष सीता सुन्दास, नेपाल नगरपालिका संघ अध्यक्ष अशोक ब्याजु लगायत २५ जना मनोति भएकाहुन् ।

परिषदको बैठक आउदो चैत २० र २१ गते काठमण्डौमा बोलाईएको पनि राष्ट्रिय योजना आयोगले जनाएको छ । गत चैत ८ गते राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको बताइन्छ ।

नेपाल राष्ट्रिय विकास परिषद नेपाल सरकारको विकास योजनाको लागि एउता महत्वपूर्ण अंग हो । यस परिषदले ‘राष्ट्रिय प्लानिंग’ लाई आर्थिक नीति तय गर्न र राष्ट्रको सिघ्र सन्तुलित विकास पक्का गर्न दिशानिर्देश गर्दछ । प्लानिंग कमिसन नेपाल यसको कार्यकारिणी समिति हो। सवालनेपालबाट विष्णुप्रसाद पोखरेल

Leave A Reply

Your email address will not be published.