News Portal

१६ गतेको नेपाल बन्द फिर्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेपछि बन्द फिर्ता लिएको हो । विप्लवको पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै बन्द फिर्ता लिने निर्णय गरेको हो ।

विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो ।बन्द बाहेक अन्य कार्यक्रम भने यथावत रहने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.