News Portal

फिल्म हेर्दै सुतिदिनेलाई नासाले दिने भयो तलब

एजेन्सी, चैत्र १५ काठमाडौ । नासा र युरोपियन स्पेस एजेन्सीले २ महिना टिभी र फिल्म हेर्दै सुतिदिने २४ जनालाई तलब दिने भएको छ । शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि ६० दिन सुतेरै बिताउने २४ जनाको अहिले खोजि गरिरहेको छ ।

लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा कस्तो कस्तो परिवर्तन आउँछ भन्ने विषयमा अनुसन्धान र अध्ययन गर्नको लागि उक्त परीक्षण गर्न लागिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

जर्मनीमा हुने उक्त परिक्षणको सुत्ने तरिका भने केही फरक हुनेछ । परिक्षणमा सहभागीलाई दुई समूहमा बिभाजन गरेर टाउको हल्का तल र खुट्टा माथि राखेर ६० दिनको समय बिताउनु पर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.