News Portal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित

काठमाण्डौ | काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । बिहानैदेखि मौसम धुम्मिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको हो । अहिले विमानस्थलको भिजिबिलीटी १६ सय मिटर रहेकोले उडान तथा अवतरण प्रभावित भएको हो । विमानस्थल कार्यालयका अनुसार बाह्य उडान तथा अवतरण प्रभावित भए पनि आन्तरिक उडान भने भैरहेको बताइएको छ ।

२२ सय देखि २६ सय मिटरसम्म भिजिबीलीटी चाहिने विमान भने अहिले नउडेका हुन् । भिजिबिलिटी बढ्दै गएपछि भने उडान नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.