News Portal

नेत्रविक्रम सँग पार्टी एकता गर्ने अभ्यास असफल: मोहन वैद्य

चैत १६ काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले विप्लपसँग पार्टी एकता गर्न सफल नभएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी)का महासचिव मोहन वैद्य

शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने अभ्यास असफल भएको बताएका हुन् । विप्लपसँग पार्टी एकता गर्न तत्काल असम्भव रहेको बताउँदै वैद्यले भने, ‘हामीले विप्लपसँग पहिले पनि पार्टी एकताको प्रयास गरे थियौँ । तर सफल हुन सकेन । तत्काललाई पार्टी एकता टरेको छ ।’

पार्टी एकता टरे पनि महासचिव वैद्यलेपछि पार्टी एकता हुन सक्ने सङ्केत गरेका छन् । उनले विप्लप समूहलाई प्रतिबन्ध लगाउन नहुने धारण राखेका थिए । विप्लवलाई प्रतिबन्ध लगाउनु, सीके राउतसँग राष्ट्र घाती सम्झौता गर्नु र रेसम चौधरीलाई जेल हाल्नु स्वाभाविक नरहेको बताएका छन् । ‘राजनीतिक विचार बोकेको विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबद्ध लगाएर गलत गरेको छ’, उनले भने, ‘सरकार राम्रा काममा भन्दा पनि नराम्रा काममामा अग्रसर देखिँदै आएको छ ।’

वैद्यले फरक प्रसङ्गमा सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नाम परिवर्तन गर्नु सुझाव दिएका छन् । उनले सरकारले समग्र कम्युनिस्टहरूकै बदनाम गरेको भन्दै पार्टीको नाम परिवर्तन गरेर सोसियल डेमोक्रेटिक राख्न सुझाव दिएका छन् ।

वैद्यले सरकारप्रति असन्तुष्ट जनाउँदै अन्य पार्टी भन्दा फरक नदेखिएपछि किन नेकपा नाम राख्ने भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘विचार, सिद्धान्त, नीति छोडेर हिँड्ने, सत्ता स्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने ?’

Leave A Reply

Your email address will not be published.