News Portal

सामान्य सलादका रुपमा खाने काँक्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण, यस्ता छन फाइदाहरुः

हामीले सामान्य सलादका रुपमा खाने काँक्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण छ र यसको सेवनले शरीरलाई निकै फाइदा गर्दछ । वैज्ञानिकहरुद्वारा पुष्टि गरिएका काँक्रोका केही फाइदाहरुः

 

१) काँक्रो भिटामिन बी को राम्रो स्रोत हो । स्वास्थ्य तथा तन्दुरुस्तीका लागि भिटामिन बी निकै महत्वपूर्ण हुन्छ । यसका अलावा काँक्रोमा शरीरलाई चाहिने भिटामिनहरु पर्याप्त मात्रामा हुन्छ ।

 

२) काँक्रोमा पानीको मात्रा ९५ प्रतिशत हुन्छ जसले गर्दा शरीरमा पानीको अभाव हुन दिँदैन र शरीरमा रहेका विषादीहरु कम गर्न मद्दत गर्छ ।

३) काँक्रोको बोक्रामा रहेको भिटामिन सी ले आँखा तेजिलो बनाउनका साथै छालालाई चम्किलो पार्दछ ।

४) काँक्रोको बोक्राले छालाका समस्याहरु कम गर्छ । पोलेको, चिलाएको भागमा यसले राहत दिने काम गर्छ ।

५) यदि तपाँईको कपाल झर्ने समस्या छ भने काँक्राको प्रयोगले कपाल झर्न कम हुन्छ र यसमा रहेको सिलिकन र सल्फरले नयाँ कपाल आउन पनि मद्दत गर्छ ।

६) काँक्रामा पाइने ल्यारीसिरेसिनल, पाइनोरेसिनल र सेकोइसोलारिसिरेसिनल जस्ता पदार्थले क्यान्सर हुने सम्भावना कम हुन्छ ।

७) जाडो महिनामा घरमा काँक्रालाई ऐनामा दलेमा ऐनामा धमिलो हुँदैन ।

८) काँक्राको एक टुक्रा लिएर १ मिनेट सम्म मुखभित्र राखिरहेमा यसमा भएको फाइटो केमिकलले मुखभित्रको ब्याक्टेरियालाई मारि सास गनाउने रोगबाट छुटकारा दिन्छ ।

 

९) शरीरको वजन धटाउन पनि काँक्रोले मद्दत गर्दछ । कम मात्रामा क्यालोरी र धेरै पानी हुने भएकोले काँक्राले वजन घटाउन डाईटको काम गर्छ ।

 

१०) काँक्रामा हुने हर्मोनले शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन हुन्छ जुन डाइबेटिसको रोगीहरुको लागि निकै फाइदाजनक हुन्छ र यसमा हुने स्टेरोल नामको पदार्थले शरीरको कोलेस्ट्रोल घटाउने काम गर्छ ।

Leave A Reply

Your email address will not be published.