News Portal

विकास र समृद्धिलेकाे नममा रातरात वाटो कालोपत्रे, उद्घाटन गर्न आज प्रधानमन्त्री के.पी ओली आउदै

चैत्र १७ पथरी । मोरङको उर्लावारी स्थित मंगलवारेमा केन्द्रिय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औ रजतजयन्तिको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री खडगप्रसाद ओली आउने कार्यक्रम तय भएपछि रातारात वाटो कालोपत्रे गरिदै छ ।

केही समय अघि राष्ट्रपति आँउदा पनि कालो पत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लागाएको २४ घण्टा नवित्दै कालोपत्रे गर्न थालिएको छ । विकास र समृद्धिको नारा वोकेको ओली सरकारले यसरी रातारात बाटो कालोपत्रे गर्दा विकास र समृद्धिले जनतालाई सान्तवना दिने काम मात्र भएको स्थानिय बताउँछन् ।

महेन्द्र राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३ सय मिटर लामो सो सडकमा उर्लावारी नगरपालिकाको ११ लाख , प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्त समिति मार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद अर्याल वताउँछन् । गाेपाल काफ्ले पुर्बेलीन्युज बाट

 

Leave A Reply

Your email address will not be published.