News Portal

चीन ‘एसियन युग’ निर्माणमा गर्ने अभियानमा

चैत १७ काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सक्रिउ चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ ।

विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो । आजको अन्नपूर्ण पोष्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको रहेको छ । तर, चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कुटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ ।

‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’

चिनिया“ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’

चीन छोटो समयमा गरेको प्रगतिको बजारीकरणसँगै विश्व बजारमा सीधा पहँुच बढाउने उद्देश्यका साथ अघि बढेको छ। त्यसैले चीनले घुमाउरो शैलीमा अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको बताउँदै आएको छ। यसबाट चीनले पुरानो सिल्क रोडलाई नयाँ रूप दिँदै विश्व व्यवस्थामा प्रभुत्व कायम गर्न खोजेको स्पष्ट हुन्छ।

छिमेकी मुलुकमा कसैको आँखा परेमा र आफ्नो मुलुकको प्रगतिमा आँच आउने काम भएमा चुप नलाग्ने रणनीति चीनको छ। यही रणनीतिले चीनले छिमेकलाई समेत सतर्क गराइरहेको छ।

Leave A Reply

Your email address will not be published.