News Portal

ओखलढुङ्गा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गामा जीप दुर्घटना भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ६ जनामध्ये ४ जनामा ताप्लेजुङ थप्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिंमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा र सोही ठाउँका वाङदा शेर्पा रहेको प्रहरीले जनाएको छ ।अन्य दुईको भने सनाखत हुन सकेको छैन। सोहि दुर्घटनामा परी घाइते भएका ३ जनाको उदयपुरको घुर्मीमा उपचार भइरहको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठका अनुसार हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना भएको हो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.