News Portal

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली उल्टाउने मनसायका साथ षडयन्त्र भइरहेको छ : प्रचण्ड

चैत १७ काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई, पहाड र हिमालबीच एकता कायम राख्न धेरै काम गरेको बताउनुभएको छ ।

देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउन आफुले ठुलो जोखिम मोलेको उहाँले बताउनुभयो । आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गर्नु उचित भएको बताउनु भएकाे छ ।

आफुले शान्ति प्रकिृयामा हस्ताक्षर गरेर गल्ती नगरेको उहाँले बताउनु भयो । अमेरिकामा आफुमाथि देखिएको आक्रमकताबारे बाेल्दै उहाँले प्रतिक्रियावादले बेलाबेलामा टाउको उठाउने गरे पनि संघर्ष गरेर प्राप्त गरेको व्यवस्थालाई उल्ट्याउन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयाे “तराई, मधेश, पहाड र हिमाललाई एकताबद्ध गर्न मैले धेरै काम गरेको छु,।“के शान्ति प्रक्रियाको शुरुवात गर्नु गलत थियो ? के देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो ?”

अमेरिकामा आफु माथि ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए जे पनि हुन सक्ने भएको बताउँदै बोल्दै उहाँले थपे “शान्ति सम्झौता र यो संविधानको नेतृत्वकर्ताहरूमाथि प्रहार गर्दा यो व्यवस्था उल्टिन सक्छ कि भन्ने तिनीहरूलाई थाहा छ।”

तर प्रचण्डले आफुले शान्ति व्यवस्था कायम राख्न जेपनि गर्न सक्ने आशय दिँदै भन्नुभयो एकपटक “गोडमेल गरेर अब त यो झार गइसक्यो केही हुँदैन भन्ने ठान्यौं भने गलत हुन्छ, एकपटक गोडेर फ्याँकेको झार फेरि उम्रिन सक्छ र अन्नबालीलाई असर गर्न सक्छ । यसकारणले झारपातलाई बेलाबेलामा गोडेर फ्याँकिरहनु पर्छ ।”

Leave A Reply

Your email address will not be published.