News Portal

लभ र रोमान्सले भरिपुर्न चलचित्र लभ स्टेसनको प्रोमोसनमा व्यस्त : प्रदिप र जसिता

काठमाडौं। प्रदिप र जसिता को लभ र रोमान्सले भरिपुर्न भएको चल्चित्र लभ स्टेसनको प्रोमोसन तिब्र रूपमा राजधानीका बिविन्न कलेजहरुमा कार्यक्रम गर्दै आएको छ । प्रदिप खड्का र गोबिन्द शही पछील्लो पटक चल्चित्रलाई प्रोमोसन अगाडी बढाउन भद्रगोल्को तिमसङग विभिन्न कलेजहरुमा पुगेर अन्तर्राष्ट्रिय रंगशाला बनाउन सहयोग गर्न र चल्चित्र लभ स्टेसन चल्चित्र हेर्न समेत आपिल गरेका छन् ।

चलचित्र लिलिबिलि हिट भएपछि प्रदिप र जसितको जोडी जम्दै आएको हो ।चकलेटी हिरोको रुपमा चिनिने प्रदिपको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । ट्रेलरमा जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र कमेडीलाई स्थान दिएको छ । चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन रहेको छ भने लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.