News Portal

स्लोभाकियाले पहिलोपटक महिला राष्ट्रपति पायो

एजेन्सी । स्लोभाकियाले पहिलोपटक महिला राष्ट्रपति पाएको छ ।मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाले भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा पाएको हो । उनले चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बनेकी हुन् । उनले उच्चकोटीको कूटनीतिक अनुभव भएका मारोस सेफ्कोविकलाई दोस्रो चरणको चुनावमा पराजित गरेकी हुन् ।

ज्यान कुकिएक नाम गरेका अनुसन्धानात्मक पत्रकारले संगठित रुपमा हुँदै आएका अपराध र त्यसमा राजनीतिज्ञको संलग्नताबारे अनुसन्धान गरिरहेका थिए । उनीमाथि गएको वर्षको फेब्रअरीमा गोली प्रहार भएको थियो । उनले पत्रकार ज्यानको हत्या आफू राष्ट्रपतिमा उम्मेदवार बन्नुको प्रमुख कारण रहेको बताइन ।

अधिकांश मत गनिसक्दा उनले ५० प्रतिशत मत पाएकी छन् भने मारोसले ४२ प्रतिशत मत पाएका छन् ।कापुतोभा दुई सन्तानकी आमा हुन् ।उनी अधिकांश रुपमाले सेरेमोनियल पदमा निर्वा्चित भएकी हुन् । उनी प्रोगेसिभ स्लोभाकिया पार्टीकी सदस्य हुन् ।

Leave A Reply

Your email address will not be published.