News Portal

झापामा ८ लाख बराबरको अवैध सामान बरामद

झापा । नेपाल प्रहरीले झापामा ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ।मेचीनगर नगरपालिका ६ स्थित बिभिन्न स्थानमा भारतबाट नेपालतर्फ ल्याएको करिब ७ लाख ७८ हजार ६ सय ६० रुपैयाँ बराबरको विभिन्न मालसामान शनिबार राति प्रहरीले बरामद गरेको छ।

उक्त स्थानमा भारतबाट नेपालतर्फ आउँदै गरेको को १ ज २४४० नम्बरको पिकअप गाडी शंकास्पद अवस्थामा फेला पारी तत्काल जाँच गर्दा उक्त गाडीभित्र उक्त परिमाणको मालसामानहरु फेला पार प्रहरीले बरामद गरेको हो।

बरामद गरिएका सामानलाई प्रहरीले आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाउने प्रक्रिया गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.